दाङ १६ जेठ
राप्ती नदीमा अवैध उत्खनन् भएको भन्दै राजपुर गाउँपालिकाका वासिन्दाले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गरेका छन् । उनीहरुले नदीजन्य पदार्थको अवैध उत्खनन बन्द गर्नुपर्ने र नदी उत्खननको विवरण सावर्जनिक गर्नुपर्ने माग गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन् दिएको आरोप पनि स्थानीयले लगाएका छन् । नदीमा १८ हजार घनमिटरमात्र उत्खनन् गर्न ठेक्का लगाइएकामा त्यो भन्दा धेरै उत्खनन गरिएको नदी अवैध उत्खनन् विरुद्ध संघर्ष समितिका अध्यक्ष चक्रबहादुर खड्काले बताए ।
‘तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गरिएको छ’, उनले भने, ‘नदीमा के कति उत्खनन भयो, राजस्व कति उठ्यो रु गाउँपाकिकाले सार्वजनिक गर्नुपर्यो ।’ उनले गाउँपालिका अध्यक्षले मनोमानी ढंगले उत्खनन गर्न दिएको आरोप लगाए । गाउँपालिका कार्यालय घेराउ गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष एवं कार्यपालिका सदस्य पनि गएका थिए ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने मापदण्डभित्रै नदीजन्य पदार्थको उत्खनन् भएको बताए । उनले १८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाइएकामा हालसम्म १० हजार घनमिटरमात्र उत्खनन भएको पनि बताए ।
