काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको जारी खुला केन्द्रीय सदस्य तर्फतको मतगणनामा दाङका दुइजना ३५ मा परेका छन् । कुल ९९ जना उम्मेदवार मध्य ३५ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।
अहिले सम्म २३९३ मत गणना हुँदा यो ३५ भित्र पूर्व मन्त्री तथा यसअघिका केन्द्रीयि सदस्य दीपक गिरी र पुर्व सांसद तथा यसअघिका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे परेका छन् ।
दाङबाट खुला केन्द्रीय सदस्यमा भिडेका यि दुईजना मात्रै हुन् । यि मध्य गिरी ११७४ मत प्राप्त गर्दै २० औँ नम्बरमा छन् । यसैगरि ९२९ मत प्राप्त गर्दै घिमिरे २९ औँ नम्बरमा छन् । खुला तर्फको ५० प्रतिसत मत गणना हुन अँझै बाँकी छ ।
