• ट्रेण्डिङ्ग :
चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि


  • 6.1K
    SHARES
    • आश्विन ३०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

    इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

    images

    यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

    शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो ।

    यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।


    तेस्रो आँखा