• ट्रेण्डिङ्ग :
साताव्यापी कार्यक्रममा रक्तदानदेखि विशेष अन्तरक्रिया 

साताव्यापी कार्यक्रममा रक्तदानदेखि विशेष अन्तरक्रिया 


  • 6.6K
    SHARES
    • जेठ १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 10.2K Views

    साताव्यापी कार्यक्रममा रक्तदानदेखि विशेष अन्तरक्रिया 

    सुशील बस्नेत, दाङ १८ जेठ/ 
    मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाजको २८ औ स्थापना दिवसको अवसरमा आयोजीत साता व्यापी कार्यक्रम अन्तर्गत बिहीबार रक्तदान कार्यक्रम गरेको शाखाका कार्यबाहक सभापति कोमल डिसीले जानकारी दिए । १० जनाले रक्तदान गरेका हुन ।

    images

    रक्तदान कार्यक्रम उद्घाटन कार्यक्रममा समाजका बरिष्ठ उपसभापति सुशील बस्नेतले सामाजिक सेवामा समर्पित शान्ति समाजले रक्दान कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए । उनले भने, सामाजिक न्याय र सामाजिक सेवा नै धर्म हो । समाजका केन्द्रिय सदस्य तुलसीराम सुनारले जेठ १९ गतेको स्थापना दिवसको सन्र्दभमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

    कार्यवहाक सभापति कोमल डिसीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका सदस्य भीमलाल मरासीनि, जेष्ठ नागरिक समाज  लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शान्ति समाजले राजनीतिक अधिकारदेखि सामाजिक न्यायकको क्षेत्रमा सञ्चालन गर्ने अभियान सह्रानीय रहेको बताएका थिए । समाजका सचिव अमृत प्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

    शान्ति समाजले स्थापन दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तर्गत कारागार कार्यालय तुलसीपुरमा ७० थान विभिन्न पुस्तक हस्तान्तरण गरेको थियो भने बुधरबा रानीघाटमा सरसफाई गरेको छ । जेठ १९ गते भ्रष्टाचार बिरुद्ध बिशेष अन्तरक्रिया गर्ने तयारी गरेका छ । त्यस्तै, बस्त्र दान,वातावरण संरक्षणका लागि बृक्ष सरसफाई लगायतका कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ ।


    तेस्रो आँखा