दाङ २१ जेठ/
दाङमा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार बेलुका साढे ७ बजेको समयमा शान्तिनगरबाट हेकुली तर्फ आउँदै गरेको रा ३ प ७६३५ नं। को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको लु ४१ प ४७४४ नं को मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा रा ३ प ७६३५ नं का मोटरसाइकल चालक शान्तीनगर गाउापालिका वडा नं. ४ गिधनियाका ३६ वर्षीया मनोज कुमार वली, लु ४१ प ४७४४ नं का मोटरसाइकल चालक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत नवलपरासी रामग्राम ७ परासी निवासी शैलेस पाध्याय र सोही मोटरसाइकलको पछाडी सवार तुलसीपुर ६ निवासी आदर्श रेग्मी रहेका छन् ।
वलीको दाहिने खुट्टा काटिएको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । उनका अनुसार शैलेसलाई टाउ, कुम र दाहिने खुट्टामा चोट लागेको छ भने आदर्शलाई टाउको र मुखमा चोट लागेको र उनको अवस्गा गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको प्रहरी निरिक्षक केसीले जानकारी दिए ।
