• ट्रेण्डिङ्ग :
मौरीघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते

मौरीघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते


  • 17.4K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 26.8K Views

    मौरीघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते

    भालुवाङ, २१ जेठ । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् ।

    images

    लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आइतबार दिउँसो साढे १२ बजे पुर्वबाट पश्चिमतर्फ गइरहेको भे१२प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेको रा१ह ५६०१ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

    दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षीय किरण रोकाको मृत्यु भएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकीमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षीया दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षीय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षीय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 

    घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ ।

    अटो र मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।


    तेस्रो आँखा