• ट्रेण्डिङ्ग :
तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने


  • 3.5K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

    काठमाडौं, २२ जेठ । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् ।

    images

    साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ ।

    रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका हुन् ।

    यस्तै ओपेक प्लस देशहरुले सन् २०२४ मा दैनिक थप १४ लाख ब्यारेल कटौती गर्ने छन् । तेल उत्पादक र उसका सहयोगी देशहरुको समूह ओपेक प्लसले मात्र विश्व बजारलाई आवश्यक मध्ये ४० प्रतिशत तेल उत्पादन गर्दै आएका छन् ।

    तेल उत्पादक देशहरुले उत्पादन कटौती गर्ने घोषणा गरेलगत्तै सोमबार एसियाली बजारमा कच्चा तेलको दाम २.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलर पुगेको छ ।


    तेस्रो आँखा