• ट्रेण्डिङ्ग :
सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज


  • 6.4K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 9.9K Views

    सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

    धनगढी, २४ जेठ । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ ।

    images

    बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

    मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


    सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।

    असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिनमात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


    तेस्रो आँखा