• ट्रेण्डिङ्ग :
आईएमई लाइफले प्रमियम मूल्यमा आईपीओ जारी गर्न पायो स्वीकृति

आईएमई लाइफले प्रमियम मूल्यमा आईपीओ जारी गर्न पायो स्वीकृति


  • 3.4K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    आईएमई लाइफले प्रमियम मूल्यमा आईपीओ जारी गर्न पायो स्वीकृति

    काठमाडौं, २४ जेठ । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ ।

    images

    नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

    चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

    कम्पनीले प्रतिसेयर अंकित मूल्यमा १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसमा सेयर जारी गर्न लागेको हो ।

    कम्पनीले एक करोड २० लाख कित्ता सेयरजारी गरेर सर्वसाधारणबाट प्रिमियमसहित २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गर्नेछ ।

    आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ भने प्रिमियम मूल्यमा जारी गरेको सेयरवापत एक अर्ब ७६ करोड ७ लाख ७४ हजार सेयर प्रिमियमको रुपमा थप पुँजी संकलन गर्नेछ ।

    कम्पनीले आईपीओ निष्कासनको लागि सिभिल क्यापिटले मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


    तेस्रो आँखा