• ट्रेण्डिङ्ग :
गाजाँमा प्रतिबन्ध लगाउन भनेपछि रोक्यौं : अर्थमन्त्री महत

गाजाँमा प्रतिबन्ध लगाउन भनेपछि रोक्यौं : अर्थमन्त्री महत


  • 2.5K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    गाजाँमा प्रतिबन्ध लगाउन भनेपछि रोक्यौं  : अर्थमन्त्री महत

    काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपालमा त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताएका छन्।

    images

    गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको उल्लेख गर्दै उनले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजनेश गरिरहेको बताए।

    ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक। नत्र हामी साहायतै दिन्नौं भन्यो। अलि अलि साहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौं’ शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने।

    नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनको भनाइ छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । तर, बजेटमाथिको छलफलमा कतिपय सांसदहरुले प्रश्न उठाएका थिए ।

    जवाफ दिँदै अर्थमन्त्री महतले विदेशी रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए ।

    ‘हाम्रो गाउँ गाउँमा चार जना वरिपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त । हाम्रो संस्कृतिदेखि नै चलिआएको कुरा हो’ उनले दोहोर्‍याए, ‘अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं ।’


    तेस्रो आँखा