• ट्रेण्डिङ्ग :
 सेयर बजारमा सामान्य वृद्धि 

 सेयर बजारमा सामान्य वृद्धि 


  • 3.2K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.0K Views

     सेयर बजारमा सामान्य वृद्धि 

    दाङ ३२ जेठ /
    साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

    images

    बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् । बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ ।

    अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्ट, सोल्टी होटेल, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको कारोबार धेरै भएको छ ।


    तेस्रो आँखा