• ट्रेण्डिङ्ग :
घुमन्ते मिस्त्रीका कारण आर्थिक मारमा पर्यौ : फर्निचर व्यवसायी

घुमन्ते मिस्त्रीका कारण आर्थिक मारमा पर्यौ : फर्निचर व्यवसायी


  • 5.2K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.9K Views

    घुमन्ते मिस्त्रीका कारण आर्थिक मारमा पर्यौ : फर्निचर व्यवसायी

    तुलसीपुर, ३२ जेठ । तुलसीपुर क्षेत्रमा रहेका फर्निचर व्यवसायीहरुले घुमन्ते व्यवसायीका कारण फर्निचर व्यवसाय आर्थिक मारमा परेको भन्दै नियमनका लाागि पहल गरिदिन आग्रह गरेका छन् ।

    images

    फर्निचर व्यवसायीहरुले आज तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्शमा ध्यानाकर्षण पत्र बुझाउदै घुमन्ते फर्निचर व्यवसायीहरुलाई नियन्त्रणको लागि पहल गरिदिन आग्रह गरेका हुन । फर्निचर तथा फर्निसिङ व्यवसायी समिति तुलसीपुरका अध्यक्ष तिलक बहादुर खड्काको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

    सो अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आफ्ना व्यवसायीहरुलाई परेको समस्यामा तुलसीपुर उद्योग वाणिज्य संघ सधैभरि साथमा हुने हुँदा यो समस्या समाधानका लागि टिम बनाएर अगाडि बढ्ने बताए । 

    चालिसेले संघले प्राप्त गरेको ध्यानाकर्षण पत्र सम्बन्धित नियामक निकायमा पठाउने र टिम बनाएर काम गरेकै ठाउँमा पुगि सामान जफत वा त्यस्ता घुमन्ते मिस्री वा व्यवसायीलाई कार्वाहीको दायरामा ल्याउन पहल गर्ने प्रतिबद्दता व्यक्त गरे । त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै तुलसीपुर चेम्वरका अध्यक्ष टोप बहादुर घर्तीले फर्निचर व्यवसायीहरुका मागमा आफुहरु सकारात्मक रहेको भन्दै नियमनका लागि पहल गर्ने बताए ।


    तेस्रो आँखा