• ट्रेण्डिङ्ग :
ताप्लेजुङमा पहिरोमा परि चार जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा परि चार जना बेपत्ता


  • 3.7K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    ताप्लेजुङमा पहिरोमा परि चार जना बेपत्ता

    ताप्लेजुङ, ०३ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । 

    images

    घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताए । 

    यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेका स्थानीय जयप्रसाद भट्टराईले बताए ।


    तेस्रो आँखा