• ट्रेण्डिङ्ग :
घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का गर्न निर्देशन

घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का गर्न निर्देशन


  • 3.8K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का गर्न निर्देशन

    दाङ ४ असार / 
    धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो ।

    images

    रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो।

    यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ। कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको एक अधिकारीले बताए।

     


    तेस्रो आँखा