• ट्रेण्डिङ्ग :
नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


  • 3.2K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    नेप्सेमा सामान्य गिरावट

    दाङ ४ असार /
    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो ।

    images

    आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैङ्क, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क एक सय ३१ दशमलव ३७, वित्त समूह ८९ दशमलव ९०, लगानी समूह दुई दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ४६ र अन्य समूह ३३ दशमलव १३ अङ्कले बढेको छ ।

    निर्जीवन बिमा समूह दुई सय ७७ दशमलव २५ र जीवन बिमा समूह एक सय ९३ दशमलव ८० अङ्कले घटेको छ । त्यस्तै, बैङ्किङ आठ दशमलव ३२, होटल तथा पर्यटन ८१ दशमलव ८६, जलविद्युत् १९ दशमलव ८०, उत्पादन तथा प्रशोधन ५२ दशमलव ५४, लघुवित्त २९ दशमलव १३ र व्यापार समूह १२ दशमलव ०८ अङ्कले घटेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवं सिमेन्ट लिमिटेडको रु २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ ।


    तेस्रो आँखा