भारतको केरला राज्यका बिभिन्न स्थानमा बाढिका कारण १८ जनाको मृत्यु भएको छ । अविरल बर्षा पछि खसेको पहिरोमा पुरिएर अन्य दर्जनौ ब्यक्तिहरु बेपत्ता रहेको भारतयि सञ्चार माध्यमहरुले जनाएका छन् । केरलाको ईदुकी र कोट्याममा बाढिको प्रकोप रहेको जनाईएको छ । कोट्याममा बाढीले सबै भन्दा बढि क्षेती पुर्याएको छ ।
मृत्यु भएका मध्य धेरै र बेपत्ता हुनेहरुमा पनि धेरै यहि जिल्लाका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शनिबार देखि सुरु भएको अविरल बर्षा र्आतबार सम्म पनि जारी छ ।
