• ट्रेण्डिङ्ग :
दुर्व्यसनी बिरुद्ध
शान्ति समाजले गैंडाकोट १४ मा गर्‍यो सचेतना कार्यक्रम

शान्ति समाजले गैंडाकोट १४ मा गर्‍यो सचेतना कार्यक्रम


  • 5.8K
    SHARES
    • आषाढ ११, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    शान्ति समाजले गैंडाकोट १४ मा गर्‍यो सचेतना कार्यक्रम

    गैंडाकोट, ११ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति समाज जिल्ला शाखाले गैंडाकोट १४ मा रहेको बिजय ज्योति आधारभुत बिद्यालयमा सचेतना कार्यक्रम सप्पन्न गरेको छ ।

    images

    संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको र शान्ति समाज नवलपुरले विद्यार्थीसँग सचेतता मुलुक कार्यक्रम गरेको जिल्ला सभापति तथा कार्यक्रमका अध्यक्ष भानु रिमालले बताउदै लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा हरेक अभिभावक जागरुक हुनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा बिद्यालय ब्यावस्थापन समिती अध्यक्ष कर्मसिंह सारु प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सारुले कार्यक्रम लाई सम्बोधन गर्दै लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा निकै सचेत हुनुपर्ने बताए । कार्यक्रममा खडानन्द कंडेल, झलकराज पौडेल, युगेन्द्र कोइराला, पोलराज मल्ल लगाएत विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, स्थानीय र सरोकार निकाएको बाक्लो उपस्थित रहेको थियो ।

     

     


    तेस्रो आँखा