ललितपुर, ६ पुस । टेकोलगाएको फलामे पुल भाँचिदा टिपर चालकको मृत्यु भएको छ। ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल लामो समयदेखि टेको लगाएर राखिएको थियो।
पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए। टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो।
घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
