काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन्।
केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४ हजार ३ तीन सय ४ मत गन्दा २ हजार २३ मत पाउँदै दोस्रो स्थानमा छन्। खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिकाअनुसार ४ हजार ६ सय ६५ मत खसेकोमा अब बाँकी ३ सय ६१ मतको गणना भइरहेको छ । ४ हजार ३ सय ४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन्।
पहिलो स्थानमा २ हजार ३ सय ३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन्। तेस्रो स्थानमा चन्द्रमोहन यादवले १ हजार ९ सय ६९ मत पाएका छन्। चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १ हजार ८ सय ३२ र पाँचौं स्थानमा दिनेश कुमार यादवले १ हजार ८ सय ९ मत पाएका छन् । छैठौं स्थानमा रहेका सुभाषचन्द्र यादवले १ हजार ७ सय ४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन्।
