• ट्रेण्डिङ्ग :
नेप्से ३९ अंकले घट्यो, तीन अर्बको कारोबार

नेप्से ३९ अंकले घट्यो, तीन अर्बको कारोबार


  • 3.3K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    नेप्से ३९ अंकले घट्यो, तीन अर्बको कारोबार

    काठमाडौं, २० असार । मंगलबार १२.७३ अंकले बढेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार ३९.२६ अंकले घटेको छ । गएका दिनमा बुधबार, आइतबार र सोमबार लगातार घटेको बजार मंगलबार १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा बन्द भएको थियो ।

    images

    तर, बुधबार परिसूचक १.८८ प्रतिशत घटेर २०४९.४४ विन्दुमा बन्द भएको हो । लगातार घटेपछि एक दिन उकालो लागेको नेप्से भोलिपल्ट नै उच्च अंकले घटेको हो । यसदिन तीन अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७७ धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता खरिद–बिक्री भएको छ । 

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक ३।३१ प्रतिशतले घटेको छ । सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । मंगलबार पनि यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले नै वृद्धि भएको थियो । यो होटेलको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ ६० पैसा कायम भएको छ । बीपीडब्लू लघुवित्त र मोदी इनर्जीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।

    यस दिन शिवम् सिमेन्टको सर्वाधिक रूपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।  


    तेस्रो आँखा