• ट्रेण्डिङ्ग :
झिनो अंकले घट्यो नेप्से, १२७ कम्पनीको सेयरमूल्यमा गिरावट

झिनो अंकले घट्यो नेप्से, १२७ कम्पनीको सेयरमूल्यमा गिरावट


  • 3.0K
    SHARES
    • आषाढ २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    झिनो अंकले घट्यो नेप्से, १२७ कम्पनीको सेयरमूल्यमा गिरावट

    काठमाडौं, २१ असार । आज बजार झिनो अंकले घटेको छ। बजार ०‍.०६ अंकले घटेर २०४९.३८ विन्दुमा अडिएको हो । घटेको बजारमा ३ अर्ब ७ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये ९० कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ । साथै, ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

    images

    आज २०४९.४४ विन्दुमा खुलेको बजार उच्च २०६४.५७ विन्दु र न्यून २०३३.४३ विन्दुमा थियो । आज १३ उपसमूहमध्ये ६ बढेको छ भने ७ घटेको छ । आज बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचल फण्ड, नन लाइफ र अन्य उपसमुह घटेको छन् । डेभलपमेन्ट बैंक उपसमुह, होटल एण्ड टुरिजम, हाइड्रो, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रसोधन र ट्रडिङ उपसमूह बढेको छन् ।

    आज सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। आज शिवम सिमेन्टको सर्वाधिक १८ करोडको कारोबार भएको छ।


    तेस्रो आँखा