• ट्रेण्डिङ्ग :
बागमती प्रदेशको बजेट बहुमतले पारित

बागमती प्रदेशको बजेट बहुमतले पारित


  • 4.1K
    SHARES
    • आषाढ २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    बागमती प्रदेशको बजेट बहुमतले पारित

    हेटौंडा, २१ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ। बुधबारदेखि सुरु भएको आगामी आर्थिक वर्षको राजश्व तथा बजेट माथिको छलफल आज टुङ्ग्याइएको हो । बजेटमाथिको छलफलमा ५३ सांसदहरुले आफ्नो धारणा र प्रश्नहरु राखेका थिए । उक्त उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिएका थिए ।

    images

    यस्तै, बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बजेटको विषयमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमाल मजदुर किसान पार्टी (नेमकिपा) भने बजेटको विपक्षमा थिए ।

    यद्यपी, सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको कारण सर्वसम्मतीले बजेट पास भएको हो । सत्तामा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको बहुमत भएका कारण विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो। 

    बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैंयाको बजेट ल्याएको छ। 


    तेस्रो आँखा