• ट्रेण्डिङ्ग :
अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ बाँडफाँट

अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ बाँडफाँट


  • 4.1K
    SHARES
    • आषाढ २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं, २२ असार । अप्पर स्याङ्‍गे हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० असारदेखि १३ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

    images

    उक्त सार्वजनिक निष्कासनमा १२ लाख ४७६ आवेदन वटा आवेदनबाट १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३९९ आवेदन रद्द भएको छ भने ११ लाख ९८ हजार ७७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि मात्रै आवेदन माग गरेकोमा माग भन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

    जसअनुसार ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका हुन् । अन्य आवेदकले भने सेयर प्राप्त गर्न सकेनन् । कम्पनीले स्याङ्‍गे नदीमा २।४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी १५ फागुन २०७८ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ।


    तेस्रो आँखा