• ट्रेण्डिङ्ग :
लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न


  • 7.7K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 11.9K Views

    लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

    गैंडाकोट, २४ असार । लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार गैंडाकोटको द नारायणी होटलमा एक समारोह बीच लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । क्लवका वर्ष २२ र २३ का अध्यक्ष लायन रामहरि श्रेष्ठले २३ र २४ कि अध्यक्ष लायन लीला रानामगरलाई पद हस्तान्तरण गरेका हुन । लायन्स क्लब अफ इन्टरनेसनल  डिस्ट्रीक ३२५आर, नेपाल क्लस्टर ५ का कलस्टर चिफ एफ जे लायन पुरन थापामगर प्रमुख अतिथि रहनुभएको कार्यक्रममा रिजन १७ का रिजन चेयरपर्शन लायन गोविन्द अर्याल र जोन ३६ का जोन चेयर पर्शन लायन हरिप्रीया रिजाल विशिष्ट अतिथि रहेका थिए । पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमजेएफ लायन पुरन थापामगरले लायनबादमा विश्वास राखी  लायन्स क्लव अफ वाङ्मयले गरेका कार्यको सहराना गर्दै आगामी दिनमा साहित्य सँगै समाज सेवामा अझै बढी समर्पित हुन आग्रह गरे । विशिष्ट अतिथि लायन गोविन्द अर्यालले यो क्लब एक नमुना क्लब भएकोले मानविय सेवामा पनि नमुना कै रुपमा अगाडी बढ्नु पर्ने बताए । अर्यालले वाङ्मयको पहिचानलाई समाजमा स्थापित बनाउन आफूहरु समेत लागि पर्ने अठोट गरे । 

    images

    Laon 2.jpg
    त्यस्तै अर्का विशिष्ट अतिथि लायन हरिप्रीया रिजालले लायन्स क्लबमा रहेर सेवा गर्न पाउँदा गर्व लागेको बताउँदै पद स्थापनासँगै समाज सेवामा लाग्न आग्रह गरिन । 
    झण्डै ३ दर्जन लायन साहित्यकारले भरिएको कार्यक्रममा कविता तथा गजलहरु बाचन गरिएको थियोे । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रामहरि शर्मा सराह र  लायन सुर्यमणी रेग्मी लगायत साहित्यकारहरु लायन होमनाथ घिमिरे, लायन लोकनाथ खरेल, लायन राजेन्द्र घायल, लायन पुष्प अधिकारी अञ्जली, लायन बिदुर अधिकारी, लायन षडान्न्द जैसी एवं लायन हिरामणी शर्माले रचना वाचन गरेका थिए । क्लबका सल्लाहकार कर्णेल धनबहादुर मास्की रानाले निवर्तमान पदाधिकारीहरुलाई उत्कृष्ट कार्यकालको शुभकामना दिएका थिए । २०२२ र २३ का अध्यक्ष  लायन रामहरी श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई २०२३ र ०२४ का अध्यक्ष लायन लीला रानाले समापन गरेकी थिइन । प्रथम उपाध्यक्ष सुजन अधिकारीको स्वागत मन्तव्य रहेको पद हस्तान्तरण कार्यक्रमको सहजीकरण सचीव राजेन्द्र पौडेलले गरेका थिए ।

    Laon 3.jpg


    तेस्रो आँखा