• ट्रेण्डिङ्ग :
भानुभक्तको योगदान अतुलनीय

भानुभक्तको योगदान अतुलनीय


  • 3.1K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    भानुभक्तको योगदान अतुलनीय

    काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उहाँले जन्मजयन्तीको यस अवसरले मुलुकभित्रका जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

    images

    भानुभक्तको कविता प्रसारसँगै मुलुकको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको तथा भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “भानुजयन्ती मनाइरहँदा हामीले उनको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झनु जरुरी छ । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्दछ ।” भानुभक्तले अत्यन्त सरल र रोचक ढङ्गले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढङ्गले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबिच भावनात्मक एकता अभिवृद्धि भएको सन्देशमा उल्लेख छ । 


    तेस्रो आँखा