काठमाडौं, ७ पुस । एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गरेका थिए।
