प्रमोद आचार्य, दाङ ३१ असार / दंगीशरण गाउँपालिका वडा न ३ परीसर तथा हेकुली स्वास्थ्य चौकीको परिसरमा बृक्षरोपण गरिएको छ । रुख रोपौ, पर्यावरण जोगाऔ, भन्ने उदेश्यका साथ वडा न ३ को आयोजनामा बृक्षारोपण गरिएको हो ।
विभिन्न जातका ६० बोट बिरुवा रोपिएको वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताए । पतन्जलि योग समिती दंगीशरण, वडा कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, जनप्रतिनिधि तथा स्थानियको सक्रियतामा बृक्षरोपण गरीएको थियो । वडा तथा चौकी परीसरमा टिमुर, कपुर, लिच्ची, आँप दालचिनि, अम्बा, छतकुन, घ्युक्वारी, पारीजात, गुल्मोर, श्रीखण्ड, तथा बिभिन्न जातका फुलहरु रोपिएको थियो ।
बृक्षरोपण सँगै सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बढ्दो जलवायु परीवर्तनको असरलार्इ कम गरी पर्यावरणीय स्व्च्छता कायमगर्न पनि बृक्षरोपणको महत्त्व रहेको बताए । पछिल्लो समय श्रमदान प्रती नागरीको चासो घट्दै गइरहेको प्रती दुःख ब्यक्त गर्दै हरेक सामाजिक काममा नागरिकको उत्तरदायित्व र सक्रियता बढ्नुपर्ने बताए ।
