• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने

कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने


  • 8.9K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने

    काठमाडौं, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

    images

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो । 

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # प्रदेश २

  • तेस्रो आँखा