• ट्रेण्डिङ्ग :
जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी


  • 2.8K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी

    बैतडी, ५ साउन । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् ।

    images

    बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।

    स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा