• ट्रेण्डिङ्ग :
जसपालाई कपिलवस्तु ३ मा चुनाव जित्न सहज भयो : अध्यक्ष यादव

जसपालाई कपिलवस्तु ३ मा चुनाव जित्न सहज भयो : अध्यक्ष यादव


  • 12.8K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 19.6K Views

    जसपालाई कपिलवस्तु ३ मा चुनाव जित्न सहज भयो : अध्यक्ष यादव

    काठमाडौं, ८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले कपिलवस्तु ३ मा चुनाव जित्न पार्टीलाई सहज वातावरण भएको बताएका छन्। मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेपछि समाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै उनले पार्टीलाई चुनाव जित्न सहज हुने बताएका हुन्। 

    images

    उनले जसपा नेपालका केन्द्रिय सदस्य तथा ३ नं क्षेत्रका नेता मंगल प्रसाद गुप्तालाई पार्टीबाट निष्कासन गरेको छ। 

    मंगलबार जिल्लाको बहादुरगंजमा आयोजित आमसभामा नेता मंगलप्रसाद गुप्ता एमालेमा प्रवेश गरेका थिए। उनललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए। 

     

  • सम्बन्धित विषय:

  • # अशाेक यादव

  • तेस्रो आँखा