• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश २ अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

कांग्रेस प्रदेश २ अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु


  • 11.9K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 18.4K Views

    कांग्रेस प्रदेश २ अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

    काठमाडौं, ८ पुस । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ। बिहीबार ढिलो गरी मतदान सुरु भएको छ। 

    images

    जनकपुर स्थित गोपाल धर्मशालामा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो। बुधबार दुई समूहबीच झडपसमेत भएको थियो।  

    कुल ७२ पदका लागि एक सय ७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेका छन्।

    प्रदेश सभापतिका लागि संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस प्रदेश २

  • तेस्रो आँखा