• ट्रेण्डिङ्ग :
लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट

लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट


  • 3.3K
    SHARES
    • श्रावण ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट

    दाङ ९ साउन / लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

    images

    मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ । मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि किसान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ ।

    सिटी होटल, रिभर फल्स, यूनिलिभरसहितका धितोपत्रको धेरैले मूल्य बढेको छ । नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।


    तेस्रो आँखा