काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजा मात्र खुवाउने भएको छ।
यही पुस ११ देखि काठमाडौंमा हुने प्रथम राष्ट्रिय सम्मेलनमा सहभागि हुन आएका प्रतिनिधिलाई मेनु बनाएर खाजा दिने व्यवस्था गरिएको हितमान शाक्यले बताए।
उनका अनुसार आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न पार्टीले निर्देशनसमेत दिएको छ।
‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको ब्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक शाक्यले भने, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ।’
