• ट्रेण्डिङ्ग :
भालुवाङ्गबाट ५ सडक मानवको उद्दार

भालुवाङ्गबाट ५ सडक मानवको उद्दार


  • 9.7K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 14.9K Views

    भालुवाङ्गबाट ५ सडक मानवको उद्दार

    तुल बहादुर कवँर मगर , दाङ ११ साउन/ दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्गबाट ५ जना सडक मानवहरुको उद्दार गरिएको छ । केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुको बिहीबार दिउँसो उद्दार गरिएको हो । 

    images

    निलसागर सेवा आश्रम दाङ शाखाको अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्दार गरी निलसागर सेवा आश्रमको केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यलय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हो ।

    उद्वार गरिएका मध्ये २ जनालाई आश्रमको शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि  ३ जनालाई केन्द्रीय कार्यलय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए ।

    उद्वार गरिएका पाँचै जना नेपाली समुदायका हुन्। केही दिनदेखि सो क्षेत्रमा बेवारिसे अबस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्वार गरिएको हो ।

    पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरी,वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह,समाजसेवी तपराज आचार्य, माधव खनाल  लगायतको सहभागीतामा उनीहरूको उद्वार गरिएको हो ।

    363485855_821231849315838_8993558398305745593_n.jpg


    तेस्रो आँखा