• ट्रेण्डिङ्ग :
दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे

दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे


  • 4.1K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे

    रूपन्देही, १२ साउन । जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए ।

    images

    अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् । त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले असार १६ गते उनलाई नियन्त्रणमा लिएको थियो । यस घटनालाई लिएर प्रदेश र संघीय सदनमा समेत कुरा उठेको थियो । पीडितको न्यायका लागि दाङसहित विभिन्न जिल्लामा दबाबमुलक आन्दोलन पनि भयो ।


    तेस्रो आँखा