• ट्रेण्डिङ्ग :
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 

दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 


  • 3.0K
    SHARES
    • श्रावण १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 

    दाङ, १३ साउन । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।

    images

    घाइते हुनेहरूमा लमही नगरपालिका–२ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका–३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

    त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा