• ट्रेण्डिङ्ग :
आफ्नै घरको आठौं तलाबाट हामफालेका व्यापारीको मृत्यु

आफ्नै घरको आठौं तलाबाट हामफालेका व्यापारीको मृत्यु


  • 3.2K
    SHARES
    • श्रावण १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    आफ्नै घरको आठौं  तलाबाट हामफालेका व्यापारीको मृत्यु

    काठमाडौं १७ साउन/ काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । आफ्नै घरको आठौं तलाबाट हामफालेका ५५ वर्षीय संजय गुप्ताको मृत्यु भएको छ ।

    images

    काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न तत्काल लगिए पनि बाटैमा मृत्यु भएको हो ।

    वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरे। मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरले जनाएको छ ।


    तेस्रो आँखा