• ट्रेण्डिङ्ग :
सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त


  • 5.4K
    SHARES
    • श्रावण १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

    धनगढी, १७ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

    images

    यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

    आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।


    तेस्रो आँखा