दाङ, १९ साउन । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा राजपुर गाउँपालिका–७ सुनपत्थरी नाका निवासी ३२ वर्षीया रामकली बोहरा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
शुक्रबार दिउँसो साढे १ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ख २८५२ नम्बरको ट्रकले लमही नगरपालिका–८ सतवरिया स्थित बोहरालाई ठक्कर दिंदा निधार, मुख, दुवै हातखुट्टामा गम्भीर चोट लागेको लमहीले बताएको छ ।
प्रहरीकाअनुसार आफु चढेको बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हो । ट्रक, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते महिलालाई लमही अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।
