• ट्रेण्डिङ्ग :
सुनकाण्डका आरोपी र संकलित प्रमाण प्रहरीले बुझ्यो

सुनकाण्डका आरोपी र संकलित प्रमाण प्रहरीले बुझ्यो


  • 3.0K
    SHARES
    • श्रावण २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    सुनकाण्डका आरोपी र संकलित प्रमाण प्रहरीले बुझ्यो

    काठमाडौं । राजस्व अनुसन्धान विभागबाट एक क्विन्टल सुन काण्डमा पक्राउ परेका आरोपी र संकलित प्रमाण आइतबार नेपाल प्रहरीले बुझेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार यो काण्ड अन्तर्राष्ट्रिय संगठित अपराध भएकाले अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको हो ।

    images

    निर्देशक ढुंगानाका अनुसार १७ जना आरोपी र अन्य कागजी प्रमाण प्रहरीलाई बुझाइएको हो । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार आरोपीहरुलाई सीआईबी हिरासत महाराजगन्जमा राखिएको छ । उनले कान्तिपुरसँग भने, ‘मिसिलसहित आरोपीको जिम्मा प्रहरीले लियो । भोलिबाट अनुसन्धान सुरु हुन्छ ।’

    यस प्रकरणमा विभागले विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीसहित १८ जनालाई पक्राउ गरेको हो । एक भन्सार एजेन्ट रुक्मिान सुब्बालाई हाजिरी जमानीमा छोडेको थियो ।


    तेस्रो आँखा