• ट्रेण्डिङ्ग :
संसदलाई बन्धक बनाउन खोजियो : पूर्व उपसभामुख 

संसदलाई बन्धक बनाउन खोजियो : पूर्व उपसभामुख 


  • 3.6K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    संसदलाई बन्धक बनाउन खोजियो : पूर्व उपसभामुख 

    बुटवल २४ साउन/ नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाएकी छिन् । सुशासन भित्रपर्ने अपराध, प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केहीदिन यता संसद अबरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उनले यस्तो बताएकी हुन् ।

    images

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समेत रहेकी भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताइन् । साथै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पारिन् । सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको दाबी गरिन् । पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणि गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडी बढ्दा पार्टीको हित हुने बताईन् ।

    पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताइन् । भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधै सुशासनको पक्षमा रहेको पटक पटक दोहो¥याइन् ।

    भूसालले बिगतमा ललिता निवास प्रकरण मात्रै होईन, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अबरोध नगरेको स्मरण गराइन् । उनले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावन नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गरिन् । साक्षात्कारमा नेपाली काँग्रेस क्षेत्रीय सभापति क्षेत्र नं।१ का हिरावहादुर केसी, बिभिन्न संचारमाध्यमका पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।


    तेस्रो आँखा