• ट्रेण्डिङ्ग :
कांग्रेस सभापति देउवाले बोलाए संसदीय समितिको बैठक 

कांग्रेस सभापति देउवाले बोलाए संसदीय समितिको बैठक 


  • 4.6K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    कांग्रेस सभापति देउवाले बोलाए संसदीय समितिको बैठक 

    काठमाडौं २५ साउन/ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।

    images

    कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।


    तेस्रो आँखा