• ट्रेण्डिङ्ग :
अनितादेवी साह मन्त्री बन्दै, भोली शपथ

अनितादेवी साह मन्त्री बन्दै, भोली शपथ


  • 4.0K
    SHARES
    • श्रावण २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    अनितादेवी साह मन्त्री बन्दै, भोली शपथ

    काठमाडौं २८ साउन/ जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ ।

    images

    अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएका हुन् । अनिता देवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ । गत पुसमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिनुभएको थियो ।

    जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो । दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो । जनमतले सिफारिस गरेकी अनिता साह पार्टी सचिव हुन । धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय भएकी थिइन् ।


    तेस्रो आँखा