• ट्रेण्डिङ्ग :
बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहले पाए अनुदान 

बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहले पाए अनुदान 


  • 5.6K
    SHARES
    • श्रावण २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 8.5K Views

    बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहले पाए अनुदान 

    काठमाडौं २९ साउन/ सरकारले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गरेको छ ।चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो कार्यक्रमका लागि बजेट राखेको थियो । कार्यक्रम कार्यान्वयन भने स्थानीय सरकारमार्फत हुँदैछ ।

    images

    मन्त्रालयका अनुसार यो अभियान अन्तर्गत १ सय वटा स्थानीय तहलाई बालश्रम मुक्त तह घोषणा गर्ने लक्ष्य रहेको छ । यो प्रयोजनका लागि चालु आवमा २ करोड ९९ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । मन्त्रालयले प्रतिस्थानीय तह ३ लाख रुपैयाँका दरले अनुदान दिएको बताएको छ ।

    चालु आवमा थप स्थानीय तहले यो अभियान चलाउन चाहेमा समेत सरकारले अनुदानको व्यवस्था गर्ने भएको छ । यसका लागि ६० दिन भित्र प्रस्ताव पेश गर्न सक्ने समेत मन्त्रालयको भनाइ छ । कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्मका १०४ स्थानीय तहले भने यस वर्ष बजेट पाएका छन् ।


    तेस्रो आँखा