• ट्रेण्डिङ्ग :
संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्तारुढ दलहरुको निर्णय

संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्तारुढ दलहरुको निर्णय


  • 2.6K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्तारुढ दलहरुको निर्णय

    काठमाडौं ३१ साउन/ सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।


    तेस्रो आँखा