• ट्रेण्डिङ्ग :
क्यान्सर पिडीत भूमि केसीलाई आर्थिक सहयोग

क्यान्सर पिडीत भूमि केसीलाई आर्थिक सहयोग


  • 3.1K
    SHARES
    • भाद्र २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    क्यान्सर पिडीत भूमि केसीलाई आर्थिक सहयोग

    दाङ, २ भदौ । घोराही उपमहानगरपालिका वडा १० की क्यान्सर पिडीत भूमि केसीलाई पतञ्जली योग समिति नारायणपुरले आर्थिक सहयोग गरेको छ । आज बिहान नारायणपुरमा आयोजित एक कार्यक्रममा योग समितिका सदस्य तथा विभिन्न व्यवसायीहरुहरुबाट स्वेच्छिकरुपमा संकलन गरिएको नगद ५० हजारको चेक क्यान्सर पिडीत भूमि केसीलाई हस्तान्तरण गरिएको थियो ।
     
    ठुलो आन्द्रामा क्यानसर भएको र उपचारका लागि रकम अभाव भएको भन्दै नारायणपुरका योग समितिका सदस्य तथा व्यवसायीहरुबाट आर्थिक संकलन गरेर पिडीत महिलालाई सहयोग गरिएको योग प्रशिक्षक दानबहादुर बुढाथोकीले जानकारी दिए ।
     
    क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहेकी भूमी केसीले ८ वटा किमो चढाइ सकेको र थप अरु ४ वटा किमो चढाउनु पर्ने भएकोमा आर्थिक सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने अन्य सहयोगी मनहरुलाई सहयोग गरिदिन र आफ्नो ज्यान बचाइदिन आग्रह गरेकी छिन् ।

    images


    तेस्रो आँखा