• ट्रेण्डिङ्ग :
गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ


  • 4.5K
    SHARES
    • भाद्र ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

    लेखनाथ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    images

    पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिनुभयो । 

    अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन् ।


    तेस्रो आँखा