• ट्रेण्डिङ्ग :
बर्षाबाट धान नष्ट भएका किसानहरुलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

बर्षाबाट धान नष्ट भएका किसानहरुलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने


  • 7.1K
    SHARES
    • कार्तिक ३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    बर्षाबाट धान नष्ट भएका किसानहरुलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

    दाङ,कात्तिक ३ । 

    images

    लुम्बिनी प्रदेश सरकारले बर्षाका कारण धान लगाएत कृषी उब्जनी नष्ट भएका किसानहरुलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले क्षतीको लगत संकलनका लागि निर्देशन समेत दिईसकेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले बर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन् । जिल्लाका कृषी ज्ञान केन्द्रहरु मार्फत कृषी शाखाहरुले क्षतीको लगत संकलन गर्ने र उक्त लगतका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराउने छ । ‘मुख्यमन्त्री ज्यूले बर्षाका कारण धान नष्ट भई मारमा परेका किसानहलाई राहत उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ,’ प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत चौधरीले भने ‘क्षतीको लगत संकलनका लागि उहाँँले निर्देशन दिईसक्नु भएको छ ।’ 
    गत आईतबार देखि परेको अविरल बर्षाका कारण लुम्बिनी प्रदेशको हजारौँ हेक्टर जमिनमामा लगाईएको धान नष्ट भएको छ ।   


    तेस्रो आँखा