• ट्रेण्डिङ्ग :
कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त


  • 3.6K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    काठमाडौं २१ भदौ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकारका मुख्यमन्त्री पदमुक्त भएका छन् ।

    images

    बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा। कुमार चुडाल र डा। नहकुल सुवेदीको पूर्ण इजलासले उक्त आदेश दिएको हो ।

    गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो ।

    यही प्रकृतिको मुद्दामा यसअघि सर्वोच्च अदालतले यस अघि पनि कोशी प्रदेश सरकारलाई अवैधानिक घोषित गरिसकेको थियो । आफ्नो आदेशलाई अनदेखा गर्दै पुनः त्यही प्रक्रियाबाट विश्वासको मत लिने कामलाई सर्वोच्चले ‘संवैधानिक नैतिकता’ विपरीतको भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

     


    तेस्रो आँखा