• ट्रेण्डिङ्ग :
प्रतिनिधि नै भन्छन्ः प्रचण्डको विकल्प छैन

प्रतिनिधि नै भन्छन्ः प्रचण्डको विकल्प छैन


  • 7.3K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    प्रतिनिधि नै भन्छन्ः प्रचण्डको विकल्प छैन

    पदम भुजेल

    images

    काठमाडौं, ११ पुस । नेपाली राजनीतिक दलमा पुस्तान्तरणको वहश चल्दै गर्दा नेकपा माओवादी केन्द्रभित्र भने प्रचण्डको निर्विकल्प हुने भएका छन् । अहिलेकै अबस्थामा पार्टीको नेतृत्व लिन नेताहरु तयार नभएकाले तत्काल पुष्पकमल दाहालको विकल्प नभएको राष्ट्रिय सम्मेलनमा भागलिन आउने प्रतिनिधिको भनाई छ । हाम्रो तेस्रो आँखाको टोली माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन स्थलमा पुगेर केहि नेता कार्यकर्तालाई अबको पार्टी नेतृत्वको विकल्प छैन भनि सोधेका छौं । 

    नारायण प्रसाद दाहाल

    बाग्मती प्रदेश इन्चार्ज तथा चितवन महाधिवेशन प्रतिनिधि नारायण प्रशाद दाहालले अहिलेको अबस्था अध्यक्ष दाहालको विकल्प नभएको बताए । उनले पार्टीलाई एक ढिक्का बर्नाएर अघि बढाउने एक मात्रै नेता दाहाल भएकाले त्यसको विकल्प नभएको बताए । उले विभिन्न काल खण्डमा पार्टीमाथि ठुलो घात भएकाले जनताको आशा र भरोशाकालागि भएपनि प्रचण्डको विकल्प नभएको तर्क गरे । 

    Narayan-Dahal.jpg

    बलावति शर्मा

    बाग्लुङ महाधिवेशन प्रतिनिधि बलावति शर्माले संविधानको रक्षा र देशको राज्य प्रणाली रक्षाकालागि अध्यक्ष प्रचण्डले खेलेको भूमिका महत्वपुर्ण हुने भन्दै उनको विकल्प नभएको बताइन । आन्तरिक विवाद कारण पार्टीलाई एक ढिक्का बनाउन दाहालको नेतृच्व नै सबैभन्दा उत्तम हुने उनको तर्क छ । लोकतान्त्रीक संविधानको रक्षाका लागि पार्टीको नेतृत्वमा अहिलेको अबस्थामा प्रचण्डनै शक्तिशाली हुने दावी गरिन ।

    balawati_sharma_nayabishwo-336x247.jpg

    ठाकुर प्रसाद ढकाल 

    चितवन महाधिवेशन प्रतिनिधि ठाकुर प्रसाद ढकालले माओवादीलाई शक्तिशाली बनाउन  नेतृत्वमा अध्यक्ष दाहालनै आउनु पर्ने माग गरे ।उनले पार्टीलाई सहि दिशामा उभ्याउन प्रचण्डको भूमिका अपरिहार्य हुने उनको तर्क थियो । उनले पार्टीभित्रका कमिकमजोरीलाई आत्मसाथ गर्दै व्यापक समिक्षा हुन आवश्यक रहेको बताए । उनले अबको आम निर्वाचनमा दललाई पहिलो पार्टी बनाउन दाहालको नेतृत्व नै सर्वपरि रहने उनको भनाई थियो । 

    madi-nagarpalika-thakur-dhakal.jpg

    ज्ञानेन्द्र बहादुर गुरुङ 
    माओवादी केन्द्रका नेता तथा महाधिवेशन आयोजक सदस्य ज्ञानेन्द्र बहादुर गुरुङलले कार्यकर्ताहरुको अन्यौलतालाई चिर्न भएपनि दाहालको नेतृत्व आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा अहिले सक्षम नेताको खाचो रहेको र त्यो अभावको पुरा दाहालबाट हुने  बताए । माओवादी राष्ट्रिय सम्मेलन आजदेखि १५ गतेसम्म जारी रहने छ ।